काठमाडौं- बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ।
बिहीबार थप ३१ जना नेपाली श्रमिकमा संक्रमण देखिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ।
यसअघि यसअघि बहराइनमा १ सय २६ जना नेपाली कोरोना संक्रमित थिए।
संक्रमित नेपालीलाई आफ्ना नागरिक सरह नै उपचार गरिरहेको बहराइन सरकारले जनाएको छ। संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।
दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। बहराइनमा करिब ३० हजार नेपाली कार्यरत छन्।