काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार कुल ३५ लाख ३ जहार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ।
त्यहाँ ११ लाख ५७ हजार ६ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा २ लाख १७ हजार ४ सय ६६, इटालीमा २ लाख १० हजार ७ सय १७, बेलायतमा १ लाख ८७ हजार ८ सय ४१, फ्रान्समा १ लाख ६८ हजार ८ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ३ सय ६ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ६८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
त्यस्तै, इटालीमा २८ हजार ८ सय ८४, बेलायतमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ११ लाख २४ हजार २ सय ४० जना कोरोना संक्रमित निको भएका छन्।