काठमाडौं- साउदी अरबमा कोराना सङ्क्रमणबाट एक नेपाली मृत्यु भएकाे छ।
कोरानाका सङ्क्रमणका कारण साउदीको जेद्दामा एक नेपालीकाे ज्यान गएकाे त्यहाँ रहेकाे महावाणिज्य दूतावासले जानकारी दिएकाे हाे।
महावाणिज्य दूतावासका अनुसार जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपाली कोरोना सङ्क्रमित भइसकेका छन्।
जसमध्ये १० जना भने निको भएका छन्।
बाँकी ४३ जनाको उपचार भइरहेको दूतावासले जनाएकाे छ।
पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ।
साउदीमा दूतावासका अनुसार त्यहाँ ५० नेपालीलाई काेराेना सङ्क्रमण भएकाे छ। तीमध्ये १५ जना निको भएका छन्।
साउदीमा अहिलेसम्म कूल ३९ हजार ०४८ जनालाई कोरोना सङ्क्रमण भएको छ। तीमध्ये ११ हजार ५४७ जना निको भएका छन्।
२ सय ४६ जनाको भने मृत्यु भएकाे छ ।