काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई चाँडै स्वदेश फर्काउने काम सुरु गर्ने बताएका छन्। उनले अति आवश्यक रहेकाहरुलाई सरकारले स्वदेश फर्काउने तयारी भएको बताए।
प्रधानमन्त्रीले कहिलेदेखि फर्काउने भनेर मिति भने बताएनन्। राष्ट्रको नाममा सोमबार साँझ संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
स्वदेश फर्काउन पर्ने अति आवश्यक भएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि विस्तृत योजना तयार पारेर तत्काल आदेश जारी गरिने प्रधानमन्त्री ओलीले बताएको छ।
नेपालीहरु धेरै रहेको देशका सरकार तथा राष्ट्रप्रमुखहरुसँग त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उपचारको विषयमा कुराकानी भइरहेको र उनीहरुले त्यसलाई गम्भीरतापूर्वक लिएको प्रधानमन्त्रीले बताए।