काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइईबारे छिट्टै निर्णय हुने बताएका छन्।
शिक्षा मन्त्रालयले परीक्षा दिनबाट वञ्चित रहेका विद्यार्थीको बारेमा निर्णय लिने देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जानकारी दिए।
‘एसइई यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अन्योलमा रहेका छन्’ उनले भने‚ ‘तत्काल शैक्षिक वर्ष खेर जान नदिन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउँदैछ।’
अनलाइन भर्चुअल कक्षा सञ्चालन गर्ने विषयमा पनि शिक्षा मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए।