काठमाडौं- सरकारले सुनको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्। सुनसँगै डिजेल, पेट्रोल, मट्टितेलको भन्सार दर समेत फेरिएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनका गरगहनाको भन्सार दर वृद्धि गरिएको छ। यो सँगै अब हवाई इन्धन र एलपी ग्यास बाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ ।
यसैगरी सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। त्यसकारण यसको अम्मलीहरूले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ। सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ।
यसका साथै औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ।