काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि गाेरखाका स्थानीय तहलाई समानिकरण अनुदान, सर्तश अनुदान, समपुरक र विषेश गरि ४ अर्व ०४ कराेड १३ लाख बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानिय तहलाइ उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको हाे।
योसँगै अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउपालिकाले पाउने समानीकरण अनुदान र समानिकरण वापत दिइने अनुदान रकमको विवरण सार्वजनिक गरको हो।
मन्त्रालयले पठाएकाे बजेटमा नगरपालिका तर्फ ४० कराेड ७४ हजार वितिय अनुदान मार्फत र ससर्त अनुदान मार्फत ६२ कराेड ०३ लाख रहेकाे छ भने जम्मा १ अर्व ०५ कारेड १७ लाख विनियाेजन रहेकाे छ ।
गाउँपालिका तर्फ भने १ अर्व ०८ कराेड ५० लाख समानिकरण अनुदान मार्फत र ससर्त अनुदान मार्फत १ अर्व ८० कराेड ०७ लाख रहेकाे छ भने जम्मा २ अर्व ९८ कारेड ९६ लाख विनियाेजन रहेकाे छ ।
यसरी दिएको रकममध्ये सबैभन्दा बढी रकम गाेरखा नगरपालिकालाइ विनियाेजन गरिएकाे छ भने सबैभन्दा कम उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकालाइ विनियाेज गरेकाे छ ।
याे पनि- गत बर्ष गाेरखाका स्थानीय तहले कति बजेट पाएका थिए
गाउपालिका मध्यै सबैभन्दा धेरै बजेट सिरानचाेकमा परेकाे छ भने क्रमश बारपाक-सुलिकाेट, गण्डकि, सहिद लखन, भिमसेन, अारघाट, अजिरकाेट, धार्चे र चुमनुव्रीलाइ परेकाे छ ।
गाेरखा नगरपालिकालाइ समानिकरण अनुदान मार्फत २२ कराेड ८१ लाख, ससर्त अनुदान मार्फत ३२ कराेड ६५ लाख गरि जम्मा ५५ कराेड ४६ लाख विनियाेजन गरेकाे छ ।
त्यस्तै, पालुङटार नगरपालिकालाइ समानिकरण अनुदान मार्फत १७ कराेड ९३ लाख, ससर्त अनुदान मार्फत २९ कराेड ३८ लाख गरि जम्मा ४९ कराेड ७१ लाख विनियाेजन गरेकाे छ ।
अजिरकाेटमा समानिकरण अनुदान मार्फत १० कराेड ७४ लाख, ससर्त अनुदान मार्फत १५ कराेड ६५ लाख गरि जम्मा २७ कराेड ७५ लाख, अारूघाटमा समानिकरण अनुदान मार्फत १३ कराेड १५ लाख, ससर्त अनुदान मार्फत २० कराेड ३७ लाख र जम्मा २८ कराेड ०२ लाख विनियाेजन रहेकाे छ ।
त्यस्तै, गण्डकी गाउपालिकामा समानिकरण अनुदान मार्फत १३ कराेड ४१ लाख, ससर्त अनुदान मार्फत १५ कराेड ९० लाख गरि जम्मा ३४ कराेड ४८ लाख, चुमनुव्री गाउँपालिकामा समानिकरण अनुदान मार्फत ६ कराेड ८७ लाख, ससर्त अनुदान मार्फत १२ कराेड ०३ लाख गरि जम्मा १९ कराेड ४० लाख रहेकाे छ ।
धार्चे गाउपालिकामा समानिकरण अनुदान मार्फत ९ कराेड ०४ लाख, ससर्त अनुदान मार्फत १२ कराेड ३१ लाख गरि जम्मा २४ कराेड २५ लाख, भिमसेन थापा गाउपालिकामा समानिकरण अनुदान मार्फत १३ कराेड १९ लाख, ससर्त अनुदान मार्फत २२ कराेड ६३ लाख गरि जम्मा ३५ कराेड ८२ लाख विनियाेजन गरेकाे छ ।
सहिद लखन गाउपालिकामा वितिय समानिकरण मार्फत १४ कराेड ७६ लाख, ससर्त अनुदान मार्फत २२ कराेड ५६ लाख गरि जम्मा ३७ कराेड ३२ लाख, सिरानचाेक गाउपालिकामा समानिकरण अनुदान मार्फत १३ कराेड ५१ लाख, ससर्त अनुदान मार्फत २७ कराेड ३६ लाख गरि जम्मा ४० कराेड ८७ लाख विनियाेजन गरेकाे छ ।
बारपाक-सुलिकाेट गाउपालिकामा समानिकरण अनुदान मार्फत १३ कराेड ६३ लाख, ससर्त अनुदान मार्फत २२ कराेड ९३ लाख गरि जम्मा ३९ कराेड ७६ लाख विनियाेजन गरेकाे छ ।