काठमाडौं- विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार ६ सय ६ छ।
त्यस्तै, ब्राजिलमा ४ लाख ६५ हजार १ सय ६६, रुसमा ३ लाख ८७ हजार ६ सय २३, बेलायतमा २ लाख ७२ हजार ६ सय ७, स्पेनमा २ लाख ३८ हजार ५ सय ६४, इटालीमा २ लाख ३२ हजार २ सय ४८, फ्रान्समा १ लाख ८६ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ६४ हजार ४ सय ५९ को संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख २ हजार ७ सय ९८ जना छ।
त्यस्तै, बेलायतमा ३८ हजार २ सय ४३, इटालीमा ३३ हजार २ सय २९, फ्रान्समा २८ हजार ७ सय १७, ब्राजिलमा २७ हजार ८ सय ७८, स्पेनमा २७ हजार १ सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।
विश्वभर २४ लाख ९० हजार २ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। शनिबार बिहानसम्म त्यहाँ ४ लाख ६ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, ब्राजिलमा १ लाख ८९ हजार ४ सय ७६, जर्मनीमा १ लाख ६४ हजार २ सय ४५, रुसमा १ लाख ५९ हजार २ सय ५७, इटालीमा १ लाख ५२ हजार ८ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा पनि संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। शुक्रबार एकैदिन १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये २ सय ६ जना संक्रमणमुक्त भइसकेका छन्। ६ जनाको संक्रमितको भने मृत्यु भएको छ।