काठमाडौं- संसदको अन्तर्राष्ट्रिय समितिले सरकारलाई तत्काल आरडीटी विधि हटाएर पीसीआरबाट कोरोना परीक्षण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको बैठकले समितिको बैठकले कोभिड-१९ परीक्षणका लागि आरडीटी प्रभावकारी नदेखिएकाले तत्काल सो विधिलाई न्यूनिकरण गर्दै पीसीआर विधिलाई व्यापक बनाउन सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले नेपाल-भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्न र पीसीआर परीक्षणको संख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न सुझाव दिएको छ ।