काठमाडाैं- सरकारले लकडाउन अवधिमा नै व्यवसायीहरुलाई कर तिर्नुपर्ने सूचना जारी गरेपछि भएको विरोधमा अर्थ मन्त्रालय र व्यवसायीबीच सहमति जुटेको छ।
उद्योग वाणिज्य महासंघको टोली र अर्थसचिव शिशिर ढुंगानासँग भएको छलफलपछि कर भुक्तानी गर्ने मिति परिवर्तन गर्ने सहमति भएको हो।
मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार कर भुक्तानी विषयमा छलफल गर्न व्यवसायीहरु आएको र तोकिएको मितिलाई केही पर लाने सहमति जुटेको छ।
आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी कर भुक्तानी गर्न भनेको थियो।
विभागले जारी गरेको सूचनाअनुसार अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनुपर्नेछ।
तर सरकारले जेठ २० सम्मको लकडाउनलाई पुनः लम्ब्याउँदै जेठ मसान्तसम्म पुर्याएको छ।
यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नुपर्नेछ।
यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ।
कुन कर तिर्ने मिति कहिले?