काठमाडाैं- गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले बुढी गण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने घरगोठको मुअब्जा बितरण गर्दा ह्रास कट्टी नगर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।
संघिय संसदमा सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट माथिको जारी छलफलमा शनिबार बोल्दै सांसद अधिकारीले अर्थमन्त्रीले गर्ने एउटा निर्णयले घरगोठको मुअब्जामा ह्रास कट्टी नुहने भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका हुन् ।
उनले गोरखाको माथिल्लो क्षेत्रमा अझै पनि सञ्चारको सम्पर्कमा नागरिकहरुले कठिनाई भोग्नु परेको भन्दै तत्काल त्यसको उचित व्यवस्था गर्न पनि सभामुख मार्फत सरकारको ध्यानकर्षण गराए ।
उनले हिमाल पारिको क्षेत्र भनिने गोरखाको दुई वटा गाउँपालिकामा टेलिफोन सम्पर्कमा अत्यन्त जटिलता रहेको उल्लेख गर्दै आबश्यक प्रबिधिका बिस्तार गर्न आग्रह गरेका छन् ।
उनले गाेरखाका प्रसिद्व मनकामना, गाेरखा दरबार तथा उत्तरी गाेरखाकाे चुमभ्यालीलाइ बिश्वसम्पदा सुचिमा सुचिक्रित गर्न समेत अाग्रह गरे ।
भिडियाे