काठमाडाैं- देशभर लकडाउन चलिरहेका बेला गाेरखामा भने केहि व्यक्तिहरूकाे ‘अमुक स्वार्थ’मा परी जिल्ला प्रहरी कार्यालय गाेरखाकाे नयाँ भवन निर्माण कार्य गर्ने भन्दै बाहिरी जिल्लाबाट कामदार गाेरखा भित्र्याए । उनीहरूलाइ गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अाेमप्रसाद अधिकारीले जिल्ला भित्र्याएका हुन् ।
लकडाउनकाे समयमा जिल्लाका सबै नाकामा सिल गरिएकाे समयमा समेत जिल्ला प्रहरी कार्यालयमा भने निरन्तर निर्माण कार्य भयाे । प्रहरी कार्यालय निर्माण हुन त सु:खद कुरा हाे । तर, जिल्ला नै सिल भएकाे अवस्थामा चाँहि किन बनाउनु पर्याे प्रहरी भवन !
प्रहरी कार्यालय बनाउन कैलालीबाट मजदुर
नयाँ भवन बनाउन एसपी अधिकारीकाे नेतृत्वमा कैलालीबाट २९ जना मजदुर गाेरखा भित्र्याए । उनीहरू गाेरखा ल्याएपछि सबैकाे काेराेना जाँचका रूपमा अारडिटि चेक गरियाे । तर, सबैकाे रिर्पाेट नेगेटिभ अायाे । २९ जना मध्ये ४ जनाकाे पिसिअार प्रविधिबाट समेत काेराेना जाँच गरियाे । उनीहरूमा समेत रिर्पाेट नेगेटिभ अायाे । तर, अहिले कसरी जिल्ला प्रहरीकाे नियन्त्रणमा रहेका युवा काेराेना संक्रमण भयाे त एसपी साप !
प्रहरी कार्यालय बनाउन बाेर्लाङबाट काठ तस्करी
भीमसेन थापा गाउँपालिका बोर्लाङबाट अबैध काठका परिमाण सहित ४ जनालाई नियन्त्रणमा लियाे । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भन्दै सदरमुकाम गाेरखातर्फ ल्याउदै गरेकाे अवस्थामा उनीहरूलाइ डिभिजन बन कार्यालय गोरखाले नियन्त्रणमा लिइएको हो ।
प्रहरी कार्यालयको भवन निर्माणका लागि काठ ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको छ ।
बालगृहमा रहेका थुनुवामा ‘काेराेना संक्रमण’
जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोरमा कोरोना संक्रमित भेटिए । पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा जेष्ठ ११ गते थुनामा परेका थिए ।
उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा नौमा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । उनलाइ बाल सुधार गृहमा राख्न जिल्ला अदालत गाेरखाले अादेश दियाे । जिल्ला न्याधिश रमेशकान्त अधिकारीकाे इजलासले उनलाइ बालसुधार गृहमा पठाउन अादेश दियाे ।
सुधार गृहमा उनीसहित हाल दुईजना थुनुवा रहेका छन् ।
पालुङटारकाे क्वारेण्टाइनमा रहेकामा युवामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे चौतर्फी प्रश्न गरिएको छ । उनलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको छ । उनी जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा भएकाे समयमा कसरी काेराेना पुस्ट्रि भयाे एसपी साप ! अब ति युवामा काेराेना संक्रमण भएपछि जिल्लाकाे अवस्था के हाेला ?
विवाददित असर्इलाइ एसपीकाे साथ
विवादित गण्डकी गाउँपालिकास्थित घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई मदन अार्चाय हप्ता असुलीमा परेपछि उनलाइ ‘सेल्फ ल्याडिङ’का रूपमा एसपी अधिकारीले जिल्ला सदरमुकाममा घुमुवाकाे जिम्मेवारी दिए ।
सिउरेनीटारस्थित प्रहरी चौकीका असई आचार्यले सञ्चालन गरेको गतिविधि र उनले नागरिकसंग गर्ने व्यवहारले आम नागरिकमा प्रहरी संगठनप्रति अविश्वास पैदा गरेको छ । अपराध नियन्त्रणको कर्तव्य पालना वापत नेपाल सरकारको तलब खाने प्रहरी असई आचार्यले गैरकानुनी काम गर्नेहरुबाट पैसा असुलीको धन्दा बनाएका छन् ।
असई आचार्यले आफ्नो इलाका भित्र पर्ने त्रिशुली नदीको किनारामा अवैध रुपमा सञ्चालन भइरहेको बालुवा खानीबाट पैसा असुल्ने गरेको एक स्थानीयवासिन्दाले नाम उल्लेख नगर्ने शर्तमा बताए ।