काठमाडौं– कुवेतबाट नेपाल फर्कन आममाफी पाएकामध्ये पनि महिलाले प्राथमिकता पाएका छन्।
भोलि (बिहीबार) नेपाल फर्काइने ३ सय महिला नै आममाफी पाएर सेल्टरमा बस्दै आएका महिला भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए।
बुधबार हुने उक्त उडान समय तालिका नमिल्दा रोकिएको बुझिएको छ।
बिहीबारको उडान समय पनि खुलाइएको छैन। तर नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपाली लिएर आउने जहाजलाई दिउँसो ३ बजेपछि अवतरण अनुमति नदिने भनेसँगै ३ बजे अगावै अवतरण हुनेगरी उडान हुने अनुमान गरिएको छ।
कोरोना संक्रमणपछि श्रम गन्तव्य मुलुक कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासीहरूलाई आममाफी दिई जरिवाना समेत मिनाहा गरिदिएको थियो। उ
नीहरूलाई कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काइदिने व्यवस्था गरेको थियो।
सो आममाफी कार्यक्रममा करिब ३ हजार नेपाली श्रमिकहरू सहभागी भएका थिए।