काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या अमेरिकामा सर्वाधिक २१ लाख ११ हजार ६ सय २२ छ। त्यस्तै, ब्राजिलमा ८ लाख ८८ हजार २ सय ७१, रुसमा ५ लाख ३६ हजार ४ सय ८४, भारतमा ३ लाख ३२ हजार ४ सय २४ तथा बेलायतमा २ लाख ९८ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ३५ हजार ६ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १६ हजार १ सय १४ जनाको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४३ हजार ९ सय ५९, बेलायतमा ४१ हजार ८ सय २१, इटालीमा ३४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ।
विश्वभर ३८ लाख ३३ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५ लाख ७६ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, ब्राजिलमा ४ लाख ७२ हजार ३ सय १३, रुसमा २ लाख ८४ हजार २१, इटालीमा १ लाख ७७ हजार १० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा ६ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार ४१ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।