काठमाडौं– वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको महामारीले साढे तीन महिना अघि अनिश्चितकाललाई बन्द गरिएको श्रम स्वीकृति बिहीबारबाट खुलेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कोभिड-१९ का कारण रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागले जनाएकाे छ ।
वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति कोरोना महामारीका कारण गत फागुन ३० गते अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।
असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ ।
साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ ।
जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।