काठमाडाैं- नेपाल पत्रकार महासंघ जिल्ला शाखा गाेरखाले क्षमता अभिवृद्धिका लागि भन्दै जिल्लाका क्रियाशिल पत्रकारलाई मंगलबार ‘मध्यराती’ ल्याप्टप वितरण गरेकाे छ।
महासंघ जिल्ला शाखाले गाेरखा नगरपालिकाले आर्थिक बर्षकाे अन्त्यमा विनियोजन गरेको ५ लाख बजेटबाट ५० प्रतिशत अनुदानमा ल्याप्टप वितरण गरेकाे हाे ।
शाखाले सार्वजनिक रूपमा वितरण गर्नुपर्ने उक्त ल्याप्टप चाैतफी अालाेचना भएपछि लुकिछिपी साँझ मात्र वितरण गरिएकाे थियाे ।
लागत सहभाागिताको आधारमा मंगलबार पहिलो चरणमा १६ पत्रकारलाइ ल्याप्टप वितरण गरिएको हाे । पत्रकारलाई प्रभावित पार्न गाेरखा नगरपालिकाका मेयरले बाड्य ‘ल्याप्टप’ शिर्षकमा समाचार प्रकाशित भएकाे थियाे ।
पत्रकारले उपहार लिन मिल्छ कि मिल्दैन् ? के भन्छन् अग्रज पत्रकार ?
ति पत्रकारले आलाेचक दृष्टि राखेर समाचार लेख्न सक्लान् : खाेपके अध्यक्ष गाउँले
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खाेज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँले भने पत्रकारले कुनैपनि स्थानिय तहले दिएकाे उपहार तथा अनुदानका साम्रागि लिनु नहुने बताउछन् ।
‘स्थानिय तहले दिएकाे ल्याप्टपबाट त्यहि स्थानिय तहका मेयर, उपमेयर तथा कार्यपालिकाका सदस्यका बारेमा कस्ताे समाचार आउला,’ उनले भने ‘भाेली तपाइले प्रश्न गरे समाचार लेख्नु भयाे भने नगरपालिकाले दिएकाे ल्याप्टप लगेर नगरपालिकाकाे समाचार लेख्ने भनेर आफैलाई थर्कायाे, गालि गर्याे, प्रश्न गर्याे भने हामी के उत्तर दिन्छाैंँ ।’
उनले अघि थपे ‘जुन नगरपालिकाले पत्रकारलाई ल्याप्टप दियाे भाेली त्यहि पत्रकारले नगरपालिका प्रति ति पत्रकारले अालाेचक दृष्टि राखेर समाचार लेख्न सक्लान् ?’
उपहारका साम्रागी लिदां स्वतन्त्र पत्रकारीता हुन्न : पूर्वअध्यक्ष झा
महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा भने उपहारका साम्रागी लिदां स्वतन्त्र पत्रकारीता नहुने तर्क गर्छन् ।
‘स्थानिय सरकारले स्वतन्त्र पत्रकारीता गर भनेर कुनै सञ्चार समाग्री दिन्छ भने त्याे सञ्चार सामाग्री नभएर घुस हाे ।’ उनले भने ‘पत्रकारले कुनै सञ्चार सामाग्री लिदां कम्तिमा पनि स्थानिय तहका अगुवाहरूकाे राेहवरमा कमिटी गठन गरि त्याे कमिटीले लिन उचित ठानेमा पत्रकारीतामा आँच नआउने शर्तमा लिन सकिन्छ।’
स्थानिय तहकाे नियत के हाे, प्रष्ट हुनु पर्छ : महासंघका अध्यक्ष आचार्य
महासंघका अध्यक्ष गाेविन्द आचार्य भने पत्रकारले उपहार स्वरूप सञ्चार सामग्री लिदां स्थानिय तहकाे नियत के हाे ? भनेर प्रष्ट हुनुपर्छ ।
‘स्थानिय सरकारले स्थानिय स्तरका पत्रकारलाई सञ्चार सामग्री दिनु सहि भएपनि स्थानिय तहकाे नियत के हाे भन्ने बिषयमा प्रष्ट हुनु पर्छ ।’ उनले भने ‘तर, त्यस्ता सञ्चार सामग्री लिदां स्थानिय स्तरका नागरिक समाजस्तरकाे कमिटि गठन गरि साे समितीले लिन उचित मानेमा सार्वजनिक समाराेह विच लिदां उचित हुन्छ ।’
गाेरखा सन्देशमा प्रकाशित समाचारमा गाेरखाका एक पत्रकारले भनेका थिए ‘कसैले ल्यापटप दिएर तिमी स्वतन्त्र पत्रकारिता गर भन्छ ? यसरी पत्रकारले ल्यापटप लिने हो भने समाचार लेख्ने बेला ऊ कहीँ न कहीँ प्रभावित हुन्छ। एकातिर हामी स्वतन्त्र पत्रकारिताको कुरा गर्ने अर्कोतर्फ यसरी लाभका सामग्री लिने ? यो विकृति हो।’
नेपाल लाइभमा भानुभक्त आचार्यले लेखेका छन् ‘राजनीतिक नियुक्तिका लोभमा, नगद पाउने वा कुनै सेवा सुविधा पाउने आशामा कतिपय समाचारहरु भित्रभित्रै दबाइएका छन् भने कतिपय समाचार हुन नपर्ने विषय चर्चामा छन्। अमूक दलको सदस्य भएर, अमूक संस्थामा सल्लाहकार भएर, अमूक व्यापारिक प्रतिष्ठानमा हिस्सेदार भएर पत्रकारले ती संगठन वा संस्थाहरुले गरेका गलत गतिविधिप्रति चुप लाग्नु भनेको पत्रकारिताका दृष्टिले महापाप नै हो।’
पत्रकार आचारसंहिता, २०७३ को दफा ५(१३) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघसंस्था वा व्यक्तिगतबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा विशेष सुविधा लिनु हुँदैन’ भन्ने उल्लेख छ।