गाेरखा– गाेरखा नगरपालिकाकाे सहयोगमा जिल्लाका कृयाशिल पत्रकारले ल्याप्टप लिएका छन् । ल्याप्टप वितरणका लागि नेपाल पत्रकार महासंघ गाेरखा शाखा शाखाले ३ सदस्य समिति गठन गरेकाे थियाे ।
त्यहि समितिकाे सिरफारिशका आधारमा नगरपालिकाको आर्थिक सहयोगमा १३ जना पत्रकारले ल्याप्टपलिएका हुन् । ल्याप्टप लिनेमा गाेरखा शाखाका ५ पदाधिकारी सहित अन्य पत्रकार छन् ।
महासंघका जिल्ला अध्यक्ष तथा रेडियाे गाेरखाका स्टेशन म्यानेजर किशाेरजगं थापा, शाखा उपाध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का दिपक श्रेष्ठ छन् । श्रेष्ठ प्रेस संगठन गाेरखाका संयाेजक समेत हुन् ।
शाखाकाे महिला उपाध्यक्ष तथा च्वाइस एफएमकी अनुपमा खनाल, सचिव तथा नागरिक दैनिकका नरहरी सापकाेटा, सह-सहचिव तथा रेडियाे मातृभुमिका गुणराज राेका छन्।
अन्नपूर्ण पाेष्टका संवाददाता तथा दराैंदी दैनिकका सम्पादक शिव उप्रेती, च्वाईस एफएमका किरण लाेहनी, अनलाइनखबर डट कमका समाचारदाता तथा सुरूवात दैनिकका सम्पादक विकास मरहट्टा छन् ।
शाखाका पूर्व अध्यक्ष तथा एभिन्युज टेलिभिजनका समाचारदाता कैलाशबाबु श्रेष्ठ, रेडियाे गाेरखा तथा गाेरखापत्र दैनिकका नरेन्द्र ढकाल र गाेरखा समाचारका माेहसिन अलि मियाँ छन् । ढकाल प्रेस युनियन गाेरखाका अध्यक्ष समेत हुन् ।
यस्तै शाखाका जिल्ला सदस्य दानबहादुर गुरूङ पनि छन् । उनी सदरमुकाम बाहिरबाट पत्रकारीता गर्दै आएका छन् । शाखाले सार्वजनिक रूपमा वितरण गर्नुपर्ने उक्त ल्याप्टप चाैतफी आलाेचना भएपछि साँझ मात्र वितरण गरेकाे थियाे ।
ल्याप्टप वितरण गर्ने कार्यक्रम विवादमा आएपछि सार्वजनिक कार्यक्रम विना नै शाखाले वितरण गरेकाे हाे । गाेरखा सन्देशले ‘गाेरखाका पत्रकारले बुझि छाडे ल्याप्टप : के भन्छन् अग्रज पत्रकार ? शिर्षकमा बुधबार समाचार प्रकाशन गरेकाे थियाे ।