गाेरखा- स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले स्थानिय तहदेखि वडा तहसम्मका सबै विवरण वेबसाइटमा पाउन सक्ने भन्दै सार्वजनिक गरेकाे भएपनि गाेरखाका स्थानिय तहका वेभसाइट भने ‘अपडेट’ हुनै छाडेका छन् ।
स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै सार्वजनिक भएकाे जिल्लाका स्थानिय तहका वेभसाइट भने ‘अपडेट’ नभएका हुन् ।
२ नगरपालिका र ९ गाउपालिका रहेकाे गाेरखाकाका हरेक स्थानिय तहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सूचना प्रविधि अधिकृत उपलब्ध गराएकाे भएपनि स्थानिय तहका वेभसाइट बर्षदिनसम्म पनि अपडेट छैनन् ।
गाेरखा नगरपालिकाकाे वेभसाइटमा साताै नगरसभाबाट पारित भएकाे बजेट आजसम्म अपडेट भएकाे छैन् । नगरपालिकाकाे वेभसाइटमा निति तथा कार्यक्रम मात्र नयाँ छ । पालुङटार नगरपालिकाकाे वेभसाइटमा पनि त्यहि समस्या छ । असार १० गते सार्वजनिक भएकाे बजेट तथा निति तथा कार्यक्रम समेत याे वेभसाइटमा उपलब्ध छैन् ।
बारपाक-सुलिकाेट, अजिरकाेट र सिरानचाेक गाउपालिका साइट समेत अपडेट छैन् । सुलिकाेट र अजिरकाेटले असार १० गते बजेट ल्याइसकेका छन् भने सिरानचाेकले असार ३१ गते ल्याएकाे हाे । यी गाउपालिकाका वेभसाइटमा अघिल्लाे आर्थिक बर्षकाे निति तथा कार्यक्रम र बजेट मात्र छ । नयाँ केहि अपडेट भएका छैनन् ।
अारूघाट, भिमसेन थापा, गण्डकि सहिद लखन र धार्चे गाउपालिकाका वेभसाइटमध्य धार्चे र आरूघाटकाे केहि मात्रामा अपडेट भएकाे पाइन्छ । तर सुचना तथा प्रविधिमैत्री नगरपालिका र गाउपालिका भन्दै दावी गर्ने जिल्लाका स्थानिय तहका वेभसाइट भने बर्षदिनसम्म पनि अपडेट भएकाे छैन् ।
उत्तरी जिल्लाकाे चुमनुव्री गाउपालिकामा इन्टरनेटकाे सुविधा नभएकाले खासै अपडेट भएकाे छैन् । त्याे गाउपालिकाकाे कति कर्मचारी छन् । काे कार्यालय प्रमुख हाे त्याेसमेत उपलब्ध छैनन् ।