गोरखा- अजिरकाेट गाउँपालिका वडा न ३ हंसपुर (साबिकको वडा न २) काेलकाटे कालाेभाेयकाे देवी सामुदायिक वनमा एकीकृत बस्ती विकासका नाममा ‘व्यवस्थित बस्ती विकास कम्पनी’ले ‘रजाइँ’ गरेको छ ।
होमस्टे प्रबन्धका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले विनियोजन गरेको ४० लाख बजेटमा बस्ती विकास गर्ने भन्दै कम्पनीले सामुदायिक वनमा रजाइँ गरेको हो ।
स्रोतका अनुसार कालाेभाेयमा जग्गा अपुग भएपछिसंगै रहेको सामुदायिक बनमा कम्पनीले सडक बनाउन थाल्यो । सडक बनाउनका लागि बनका अध्यक्ष विष्णुचन्द्र अधिकारीले समूहमा खबर नै नगरी कम्पनीको प्रभावमा परि सिफारिस दिन सहमति भएपछि पलटिङ्ग थालेका थिए ।
विवादमा परेपछि डिभिजन वन कार्यालय गोरखाबाट खटिएका टोलीले उनीहरूलाई कारबाही किन नगर्ने भन्दै सामुदायिक बनलाई सोधेपछि अहिले वन क्षेत्रमा पलटिङ्गकाे काम बन्द भएको छ । कम्पनीका अध्यक्ष डा. गाेविन्द्र धिताल हुन् ।
जब वनले कम्पनीलाई २० हजार जरिवाना तोक्यो
अझ रोचक पक्ष त के छ भने, ६० रोपनी क्षेत्रफलमा पलटिङ्ग गरेको कम्पनीले किन वनको जग्गामा सडक बनायो ? बन क्षेत्रमा सडक बनाएपछि स्थानीयको विरोध गरे । स्थानीयको विरोधपछि साबिकको वडा न २ को वडा भेला बस्यो ।
वडा भेलाले सामुदायिक बाकने जग्गामा सडक बनाएको भन्दै कम्पनीलाई २० हजार जरिवाना तिर्नुपर्ने माग राख्यो। सँगै बनका सदस्यलाई जानकारी विना कम्पनीलाई बाकने जग्गामा बाटो खन्न दिने अध्यक्षलाई समेत कार्यवाही निर्णय गर्याे ।
कम्पनीले बस्ती निर्माणका क्रममा जग्गाको क्षेत्रमा जे-जति सडक बनायो । त्यो तत्काल हटाउने, वृक्षारोपण गर्ने, पर्खाल लगाउनुपर्ने लगायतकाले निर्णय गरेको थियो । अहिले कम्पनीले वनको क्षेत्रमा वृक्षारोपण, पर्खालसहितका अन्य काम गरेको छ ।
स्थानीयको जग्गामा ठेकेदारको लगानी
पलटिङ्गमा अजिरकाेट गाउँपालिका अध्यक्ष फणीन्द्र धिताल, सिकाेडरका प्रबन्ध निर्देशक धिताल, नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य गाेविन्द्र धिताल, लामा कन्ट्रशनका ठेकेदार जनक भट्ट र पीताम्बर बडू, मसलेका ठेकेदार उत्तम भट्ट, हर्मिका डोलनाथ सापकोटा र लप्सिबाेटका हरे राम अधिकारी र शिव प्रसाद अधिकारीसहित १२ जनाको लगानी रहेको छ ।
अझ यहाँ रोचक पक्ष त के छ भन्ने तत्कालीन समयमा अजिरकाेट क्षेत्रमा सहकारी सञ्चालन गर्दै आएको सिकाेडर नेपालको लगानी भएको जग्गा कसरी व्यक्तिको नाममा आयो भन्ने विषय गम्भीर रहेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ‘ तत्कालीन समयमा सिकाेडरका सदस्य भएकाहरूलाई बस्ती विकास कम्पनीले एउटा घर बनाउन दिने शर्मा लगानीकर्ताहरूलाई प्रवेश गराएको छ ।’
स्रोत भन्छन् ‘ ०५०/५४ को सेरोफेरोमा लामिडाँडामा सिकाेडर नेपालले सामुदायिक विद्यालय सञ्चालन गरेको तियो । विद्यालय अहिले पनि सञ्चालनमा छ । त्यही एक भवनमा सिकाेडरकाे सम्पर्क कार्यालय तियो । तत्काल सिकाेडरका सञ्चालक सदस्यमध्ये अहिले कम्पनीमा अध्यक्ष धिताल मात्र छन् । अरू कहाँ गए, तिनीहरूको शेयर कता गयो र पछिल्लो समय कसरी ठेकेदार लगानीकर्ता भएर प्रवेश गरे । त्यो बडो अचम्मको छ । ‘
९ जना शेयर सदस्य भएको सिकाेडर नेपालले नै त्यही कालाेभुयमा ०५२/५३ सालमा करिब २६ रोपनी जग्गा किनेको तियो । तत्कालीन रूपमा कौडीको भाउमा किनेको जग्गाको मूल्य अहिले आकासिएको छ । यसमा उनीहरूको लगानी रहेको स्रोत दाबी गर्छ । स्रोतका अनुसार सिकाेडर नेपालको नाममा रहेको जग्गा समेत उनीहरूले आफ्नो नाममा ल्याइसकेका छन् ।
सिकाेडर नेपाल
तत्कालीन सशस्त्र विद्रोही समूहको निशानामा परेको संस्थाहरूमा सिकाेडर पनि एक हो । सिकाेडरले ०४८ तिर साबिकको हंसपुर गाविसको लामिडाँडामा कार्यालय स्थापना गर्याे । खासमा यो संस्थाले सहकारी तथा स्थानीय स्तरका समूहमा अप्रत्यक्ष तथा प्रत्यक्ष रूपमा लगानी गर्दै आएको तियो ।
पछि २०५६ तिर तत्कालीन बिद्राेहीकाे निशानमा संस्था परेपछि तत्काल विद्यालय बन्द भयो । विद्यालय त पछि स्थानीय स्तरमा सञ्चालनमा भयो । तर, सिकाेडर भने विभिन्न सहकारी संस्थामा तालिम दिने तथा लेखा परीक्षणको काम गर्दै आएको तियो ।
‘तत्कालीन रूपमा सहकारी मार्फत लगानी बढाएको संस्था कसरी व्यावसायिक बस्ती विकासमा हात हाल्यो ?’ नाम उल्लेख नगर्ने शर्मा तत्कालीन एक सदस्यले भने ‘तत्कालीन समयमा सहकारी मार्फत स्थानीयको मन जितेपछि अहिले बस्ती विकासमा स्थानीय स्तरमा निर्मणकाे काम गर्दै आएका ठेकेदार, जनप्रतिनिधिसहितका अन्यलाई घर बनाउन जग्गा दिने शर्मा कम्पनीको सदस्य बनाएको छ ।’
को को हुन् बस्ती विकासमा लगानी कर्ता
बस्ती विकासमा लगानी कर्तामा रूपमा भित्रिएका ठेकेदारहरूमध्ये लामा कन्ट्रशनका ठेकेदार भट्ट र बडू अजिरकाेट-५, मुच्चाेकका हुन् । उनीहरू अहिले भूकम्पपछिको आपतकालिन सडक सुधार आयोजना अन्तर्गत लुइँटेल भज्याङ्ग-भच्चेक सडक खण्डमा काम गर्दै आएका छन् । त्यस्तै अहिले यही जग्गा हुँदै नम्कि, सिरान डाँडा जाने सडकको समेत काम गर्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष धिताल वडा न २ खरिबाेटका हुन् । लामा समय शिक्षक रहेका धिताल जिल्ला बाहिर बस्दै आएका थिए । स्थानीय निर्वाचनमा पार्टीले टिकट दिएपछि अजिरकाेट क्षेत्रमा आएका धिताल सोचेजस्तो काम गर्न सकिरहेका छैनन् । उनलाई कम्पनीले एउटा घडेरी दिन्छु भनेपछि कम्पनीमा राखेको अहिले गुनासो गर्ने गरेका छन् ।
नेपाल टेलिभिजनको सदस्य रहेका धिताल खरिबाेटका हुन् । उनेका काठमाडौँको सितापालामा अशिन बङ्गला छ । तर, पनि उनिलाई नमकी क्षेत्रमा बसोबास गर्ने उच्च इच्छा छ । नेपाली काँग्रेस निकट रहेका धिताल पछिल्लो समय जसरी पनि यो बस्ती बनाइ छाड्ने भन्दै गत लकडाउनमा एक हप्ता भच्चेक बसेर फर्किए । भच्चेक बसाइका क्रममा उनले यो बस्ती बनाउन स्थानीय स्तरका राजनीतिक दल तथा टोले गुन्डासमेत परिचालन गरेका थिए ।
उनले त्यस बेला भनेका थिए-‘यो बस्ती निर्माण भएमा म नम्कीमा नै बस्छु । मलाइ जसरी पनि यो ठाउँमा बस्ती बसाल्नु छ ।’ उनीहरूसंगै नयाँ लगानी कर्ताका रूपमा भित्र्याएका अन्य ठेकेदार तथा व्यापारिक भने यो जग्गामा बस्ती बस्लान् निकै असहज हुने भन्दै पन्छिएका छन् ।