प्रजातान्त्रिक समाजबाद नै आफ्नाे मुल आदर्श घाेषणा गरेर बिस २०१२ काे विरगंज महाधिवेशनले पार्टीको आर्थिक मार्ग तय गरेकाे थियाे ।
त्यति वेलाकाे साेभियत रुसकाे साम्यवाद, युराेपियन देशहरुकाे समाजवादी धार, अमेरिकाकाे खुला अर्थतन्त्र अर्थात प्रजातान्त्रिक पूँजीवाद, चिनकाे साम्यवादका सांस्कृतिक क्रान्ति पछाडिकाे माओ शासन काल र भारत भर्खर-भर्खर स्वतन्त्र भएकाे साे अवसरमा नेपालकाे सबैभन्दा ठुलाे राजनीतिक दलकाे आर्थिक राजनीतिक आदर्शले नेपाल माथि विदेशी शक्ति राष्ट्रहरुले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले कुनै असर नपाराेस भनेर, गहिराे अध्ययन तथा विश्लेषण सहित वीपी काेइरालाले नै साे प्रस्ताव ल्याएर पार्टीकाे एक मतले पारित भएकाे विचार थियाे त्याे ।
हुन सक्थ्याे, प्रजातान्त्रिक समाजबादकाे वाटाेमा देश ६५ वर्ष देखि हिडेकाे भए अहिले विश्वकाे एउटा सुन्दर र सम्पन्न देश वन्थ्याे हाेला ।
मानिसहरु आफ्नाे व्यक्तिगत स्वतन्त्रतामा रमाउदै सम्पन्न र सुविधाले पूर्ण जीवन विताई रहेका हुन सक्थे । छाक कसरी टार्ने, आङ कसरी ठाक्ने र घाम पानी हावाबाट कसरी बाँच्ने भनेर आजका झण्डै ३५ प्रतिशत नागरिक रुदै वस्नु पर्ने थिएन पनि हाेला ।
नागरिकको आजकाे चाहना के नै छ र ? चाहनाहरु फैलिन पाएनन् । विभिन्न प्रणालीको परिक्षणमा राष्ट्रले ७० वर्ष व्यतीत गर्याे । नेपाली काँग्रेस पार्टीसंग वैचारिक द्वन्द्वका लागि राणा शाहीको सहयाेगमा २००४ सालमा नै स्थापित नेपाल कम्युनिस्ट पार्टी, राजा महाराजा तथा छिमेकी देश समेतकाे पालन पाेषणमा अहिले राज्यको वागडाेर समाल्न थालेकाे नै पनि २६ वर्ष भई सक्याे ।
देशकाे प्रजातान्त्रिक भनिएकाे समय ३० वर्ष हाे । यसमा राजाकाे प्रत्यक्ष ४ वर्षे शासन हटाउदा २६ वर्ष दलिय शासन चल्याे । त्यस मध्ये १३ वर्ष त कम्युनिस्टहरुले एकलौटी शासन गरे भने जम्मा १० वर्ष मात्र सत्ताबाट बाहिर छन् । तथापि आज पनि उनीहरु देशकाे प्रगतिकाे बाधक काँग्रेस भनेर जनतालाई वुझाई रहेका छन् ।
शासक वर्गकाे विराेध गर्छन् काँग्रेसका नाममा । आज पनि नेपालका कम्युनिस्टहरु सत्तामा वसेका छन् तर सत्ताका छाैं भन्न र स्विकार्न तयार छैनन् । जनतालाई आज पनि सत्तामा कम्युनिस्टले शासन गर्न नपाएको, धेरै समय शासन काँग्रेसले गरेकाे भनेर वाेल्छन् लेख्छन् ।
उनीहरुको वुद्दिजिवि भनिनेहरु गाेयवल्स शैलिमा प्रचार प्रसारमा खटाइएका छन् । याे कसरी भईराखेकाे छ । प्रजातान्त्रिक कालकाे ६५% समय सत्तामा वसेकाे पार्टीले सत्तामा रहन पाईएन, ३५% समय सत्ताकाे नेतृत्व गरेकाे पार्टीले देश विगार्याे । वेराेजगारी वढायाे । भ्रष्टाचार वढायाे । भनेर प्रचार गर्दछन् ।
उनीहरुले जनतालाई मात्र हाेइन, छिमेकी देश चिन तथा भारतका शासक, क्रिश्चियन मिसनका देशहरु , जापान , युराेप , अमेरिका तथा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई समेत वुझाएका छन् । देशकाे पिछडा पनाकाे कारण नेपाली काँग्रेस नै हाे भनेर । याे किन भई रहेछ ? काँग्रेसका नेतृत्व, यस प्रकारकाे षड्यन्त्र मुलक प्रचारबाजीलाई चिर्न सकेका छैनन् ।
यसकाे पछाडि सभापति भएकाहरुकाे मात्र हात हुन्छ भनेर वुझ्नु अवश्य गलत हुनेछ । काँग्रेसमा निरिहता छ । यसमा हजारौं कमजोरीहरु छन् । यसकाे विचारमा पुनताजगी आबश्यक छ । अवकाे काँग्रेसले आफुलाई सुधारेर मात्र राष्ट्रकाे नेतृत्व गर्न सक्दैन । हाे, कम्युनिस्टकाे दर्शन नै झुटकाे दर्शन हाे ।
तथापि जनतामा यसलाई राम राज्य स्थापनाकाे मार्ग भनेर भ्रमित पारिएकाे छ । भ्रममा राखिएको छ । यसलाई चिर्न नेकाले सकेकाे छैन , नेकाका नाममा धन, पद, पदवी लिनेहरु यसकाे हितका काम गर्न तयार छैनन् । उनीहरु विभिन्न गुट निर्माणमा उकेरा लगाएर त्यसबाट फाइदा लिन तल्लिन छन् ।
पहिलाे पुस्ताका नेताहरुकाे देहावसान भई सकेकाे अवस्थामा दाेस्राे र तेस्रो पुस्ता आफु वाचुञ्जेल पदमा रहने र आफ्नाे शेख पछि आफ्नाे सन्तानलाई पार्टीको मुख्यालयमा स्थापित गर्ने षड्यन्त्रमा व्यस्त छन् । चाैंथाे पुस्ताका मानिसहरु विचार विमर्श, दृष्टिकोण निर्माण र राष्ट्र हितका कार्यक्रममा ध्यान दिन सकेका छैनन् ।
आफु अगाडिको पुस्ताले छाड्ला वा दान देला र लिउँला भनेर आशामा नेताका दैलाे चाहर्ने एकाथरि छन् भने अर्का थरि पैसा कमाउने र त्यहि पैसाले पार्टीका पदहरु किन्ने हत्याउने दाउमा लागि रहेका छन् ।
दुर्भाग्य , पार्टी र राष्ट्र हितमा लाग्न चाहने कयौं नेता कार्यकर्ता पार्टीको मुल प्रबाहमा समाहित हुन सकेका छैनन् । पैसा, तिघ्रा , बैँस र उत्ताउलाे रवाफले त्याे शालिनता र चिन्तामा रमाउने चिन्तक युवाहरु फितला देखिन्छन् । अत: काँग्रेसकाे सान्दर्भिकता सकिएकाे घाेषणा हुनबाट जाेगाउन, विद्दमान ४ पुस्ता इमानदारीपूर्वक कार्य गर्नु जरुरी छ ।
पार्टीको व्यवहारमा सिण्डिकेट प्रणालीलाई खारेज गरेर पूर्ण अनुशासन र लाेकतान्त्रिक पार्टी प्रणाली स्थापित हुनु जरुरी छ । यसका लागि धेरै उपायहरु छन् । नभएका हाेईनन् । काँग्रेसका मानिसले साँच्चै चाहे भने आमुल परिवर्तन सम्भव छ ।
इमानदार नयाँ पुस्ताकाे सहज र प्रभावकारी प्रवेश बिना काँग्रेस ,काँग्रेस रहदैन । त्यसका लागि एउटा छाेटाे लेख काफि अबश्य हुदैन । आबश्यकता हुदाँ विस्तृत छलफल गर्न पनि सकिनेछ । चाहिएकाे पक्ष भनेकाे काँग्रेस पुननिर्माण प्रतिवद्दता हाे । कन्भिक्सन हाे ।