काठमाडौं– काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्।
बिहीबार देशभर ५२५ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने १०९ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको कुल संख्या १६ हजार ८ सय ३७ पुगेको छ।