काठमाडौं- काठमाडौँ उपत्यकामा मंगलबार अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार मात्र थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत गत २४ घण्टामा उपत्यकामा थप २ सय ५ जनामा संक्रमण देखिएको जनाएका छन् ।
गौतमका अनुसार काठमाडौँ जिल्लामा १ सय ३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर मंगलबार एकै दिन थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।