काठमाडौं- चितवनको भरतपुर अस्पताल काेभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको छ।
भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३० वटा रिपोर्ट पोजिटिभ र बाँकी नेगेटिभ आएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमा चितवन जिल्लाका २०, नवलपुरका ५ तथा महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक÷एक जना छन्।
चितवनमा थपिएका २० संक्रमितमध्ये भरतपुरका १२ जना, खैरेनीका ५, राप्तीका २ जना र रत्ननगरका १ जना छन्।