काठमाडौं– काठमाडौं महानगरपालिकाले एक साताभित्र ५ हजार बेड क्षमताको आइसोलेसन तयार पार्ने घोषणा गरेका छ। मेयर विद्यासुन्दर शाक्यले बिहीबार एक अपिल जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
संघीय सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहहरूसँग समन्वय गरेर एक सातामा नै ५ हजार बेड क्षमताको आइसोलेसन तयार गर्ने मेयर शाक्यले उल्लेख गरेका छन्।
कोरोना भाइरस संक्रमण रोकथाममा संघीय सरकारले स्थानीय तहहरूसँग समन्वय नगरे स्थिति भयावह हुने समेत उनको भनाइ छ।
यसका साथै उनले संघीय सरकारले काठमाडौं उपत्यकामा घोषणा गरेको निषेधाज्ञाको समर्थन गर्दै प्रधावकारी कार्यान्वयन गराउन समेत माग गरेका छन्।
महानगरले १० वटा कन्ट्याक्ट ट्रसिङ टोली बनाएर काम अघि बढाएको समेत उनको भनाइ छ।