काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् भने ८ हजार ८३ छ। ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएका छन् भने हालसम्म १७ हजार ९६४ जना निको भएका छन्।