काठमाडौं- सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा हालसम्म झन्डै १२ अर्ब रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।
गत चैतदेखि साउन मसान्तसम्म औषधि तथा स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति परिचालन, क्यारेन्टाइनलगायत क्षेत्रमा सरकारले कुल ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
यो रकम स्वास्थ्य सामग्री खरिददेखि स्वास्थ्य पूर्वाधार निर्माणसम्ममा खर्च भएको खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजाल र मुना कुँवरले लेखेका छन्।
अर्थमन्त्री डा.युवराज खतिवडा भन्छन्- असार मसान्तसम्म संघीय सरकारबाट पाँच अर्ब ८४ करोड ७९ लाख र प्रदेश तथा स्थानीय तहबाट ६ अर्ब दुई करोड खर्च । साउनमा थप १० करोड ७० लाख गरी कोभिड शीर्षकमा अहिलेसम्म जम्मा ११ अर्ब ९८ करोड ३१ लाख खर्च भएको छ।