काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६३४ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ५१९ को पीसीआर परीक्षण गरिएको जानकारी दिए। योसँगै शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षण भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३६ जना कोरोना संक्रमित निको भएका छन्।
योसँगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ। कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ।
उपत्यकामा मात्र २१६ जना
उछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा २१६ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप २१६ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडाँैमा १६०, भक्तुपुरमा ५० र ललितपुरमा ६ जना कोरोना संक्रमित थपिएका हुन्।