काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५३३ जना पुगेको छ। हाल संस्थागत आइसोलेनमा ८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
विगत २४ घण्टायता ११३२७ जनाको पिसिआर परीक्षण भएर हालसम्म ६२१९०१ जनाको परीक्षण भएको छ। हाल १०४५३ जना क्वारेन्टाइनमा छन्।
उपत्यकामा मात्रै २३२
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।