गाेरखा- बारपाक-सुलिकोट गाउँपालिका वडा न ८ पन्दुङ्ग जराङ्गको ब्रह्मचारिणी आधारभूत विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा आर्थिक चलखेल भएको फेला पारेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङ र प्रधानाध्यापक धनबहादुर सुर्खेतिको मिलेमतोमा आर्थिक चलखेल भएको फेला पारेको हो ।
तत्कालीन शिक्षा कार्यालय गोरखा मातहतको डिएलपिको सहयोगमा भवन निर्माण हुने भयो । भवन निर्माणका लागी २ करोड ५० लाख बजेट प्राप्त भयो । बजेट प्राप्त भएपछि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा भवन निर्माण समिति गठन भयो। भवन निर्माण समितिको अध्यक्षमा स्वयम अध्यक्ष गुरुङ भए ।
अध्यक्ष र प्रधानाध्यापकको मलेमित्तोमा नै उक्त भवन निर्माण कार्य अघि बढ्यो । भवन निर्माणका लागी उनीहरूले ठेकेदार दीपक बाेहाेरालाई दिए । बाेहाेरासंग कुरा नमिलेपछि उनीहरूले सुर्खेत घर भएका मोहन खड्कालाई ज्याला ठेकेदार ‘लेबर चार्ज’ दिने सर्तमा काम गर्न दिए ।
अहिले सुर्खेत घर भएका ठेकेदार पैसा नपाएपछि विद्यालयमा नै बस्दै आएका छन् । हाम्रो सम्पर्कमा आएका ठेकदार खड्काले आफूलाई अध्यक्ष र प्रधानाध्यापकले पैसा नदिएकाले स्कुलमा नै बस्नुपरेको बत्ताउँछन् ।
ठेकदार खड्कालाई तिर्नुपर्ने पैसा नभएपछि अध्यक्ष र प्रधानाध्यापकले खाली चेक दिए । ठेकेदार खड्का यस्तो विषम परिस्थितिमा पनि घर जान नपाएर विद्यालयमा नै बस्दै आएका छन् । ‘सर, मेरो घर त सुर्खेत हो। मलाइ करिब ३ महिना अघि विद्यालयको चेक दिइयो’ उनले भने ‘बैंकमा गएर पैसा निकाल्न जाँदा त पैसा छैनन् । पैसा भएको भए त म घर गइहाल्थे नि ।’ उनका अनुसार पैसा नपाएपछि कानुनी उपचार खोज्ने बत्ताउँछन् ।
७० लाख लागतमा निर्माण हुन लागेको ब्रहमचारिणीको भवनमा गुणस्तरहीन समान प्रयाेग शिर्षकमा गोरखा सन्देशमा फागुन २०, २०७५ मा समाचार प्रकाशित भयो । यहि समाचारपछि उनीहरूले नयाँ ठेकेदार खाेजेका हुन् ।

ब्रहमचारिणी आधारभूत विद्यालयकाे नवनिर्मित भवन
भवन निर्माण कार्य २०७५ मा सम्पन्न भएपछि आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक लेखा परीक्षण भयो । लेखा परीक्षण भएपछि करिब १० लाखको हिसाब-किताव नमिलेपछि उनीहरूमा फाटो आयो । त्यही फाटोका कारण अहिले अध्यक्ष र प्रधानाध्यापकले विद्यालयको ढोकामा फरक-फरक ताला लगाए ।

आर्थिक बर्ष २०७५/७६ काे सार्वजनिक लेखा परिक्षणकाे पत्र र विद्यालयले सार्वजनिक गरेकाे प्रेस विज्ञप्ति
आइतबार समितिका अध्यक्ष गुरूङले स्थानीय अभिभावहरू बाेलाएर विद्यालयमा नै बैठक ठाके । बैठकमा प्रधानाध्यापक सुर्खेति आएनन् । भेलामा सहभागी एकका अनुसार विद्यालय व्यबस्थापन समितिका अध्यक्षले प्रधानाध्यापकले पैसा ल्याएर काँहा लगे ? भन्दै प्रश्न गरे । प्रश्नसंगै अध्यक्षले प्रधानाध्यापकले जुनदिनमा सबै हिसाव सबैलाई बुझाउनुहुन्छ । त्यहिदिनमा ताला खाेल्छु भन्दै ताला लगाए । अनि, रातारात अभिभावकसंग हस्ताक्षर अभियानमा जुटे । याे विषयमा अध्यक्ष र प्रधानाध्यापकसंग थप बुझ्न खाेज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् । उनीहरू दुवैजना नेकपा निकटमा हुन् ।
वडाध्यक्ष गुरुङ भन्छन् : के कारणले ताला लगाइयो, थाहा भएनन्
वडा न ८ का वडाध्यक्ष कृष्ण गुरुङ के कारणले ताला लगाउनु परेको हो प्रस्ट नभएको बताए । ‘अध्यक्ष र प्रधानाध्यापक मिलेर नै विद्यालयको भवन निर्माण गर्नुभएको हो’ उनले भने ‘अहिले ताला लगाइयो भनेर तपाइले भनेपछि के कारणले ताला लगाउनु भएछ ।’
‘विद्यालयको भवन निर्माण गर्दा सार्वजनिक रूपमा ठेक्का आह्वान गरौँ भनेर मैले प्रस्ताव गरेको थिए’ उनले भने ‘पछि उहाँहरू आफै अग्रसर भएर निर्माणको ठेक्का लिनुभएछ । २ वर्षअघि तपाइहरूले नै निर्माण सामाग्री कमसल प्रयोग भयो भनेर समाचार प्रकाशित गरेपछि के भएको रहेछ भनेर म सहितको अनुगमन टोली गएपछि उहाँहरू मसँग टाढा हुनुभयो । बैठकसम्म बोलाउनुहुन्न । बैठकमा बोलाउँदासम्म आउनुहुन्न । यो बिचमा कोरोना महामारी छ । करिब ६ महिनादेखि विद्यालय बन्द छ । यो समयमा नि उहाँहरूले ताला लगाउनु भयो भन्दा के कारणले ताला लगाउनु भयो । म अचम्ममा परेका छु ।’