गाेरखा- केहि समययता बारपाक-सुलिकोट गाउँपालिकाको एक फोटो भाइरल भयाे । स्थानीय यूवा अमृत पनेरूले नेपाल सरकारका पूर्वसचिव भिम उपाध्ययलाई सामाजीक सञ्जाल मार्फत फोटो पठाए । फाेटाे पाएपछि ‘भाइरल सचिव’ उपाध्ययले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि चर्चामा रहेको ‘ताकुकोट स्वास्थ्य चौंकी’ जाने मोटरबाटो मर्मत भएको छ ।
बिगत केही दिनदेखि सामाजिक संजालमा भाइरल बनिरहेको गाउॅंपालिकाको केन्द्र नजिकै रहेको स्वास्थ्य चौंकी जाने मोटर बाटो सांसद प्रकाशचन्द्र दवाडीले मर्मत गरेका हुन्।
सिहंदरबारको सेवा सुविधा गाउँ-गाउँमा पूर्याउने भन्दै २०७३ सालमा देश संघिय संरचनामा गएपछि साविकको ६ वटा गाविस मिलेर बारपाक-सुलिकोट गाउँपालिका बन्यो । गाउँपालिकाबाट हुने हरेक विकास योजनामा ‘सिमिति दलाल’हरूको मात्र पुहँच रहेको भन्दै स्थानीयले स्थानीय सरकारलाई सार्वजनिक रूपमा नै विरोध गरे ।
फलस्वरूप, स्थानीयकाे विराेधलाई दमन गर्दै गाउँपालिका नेतृत्व अघि बढ्याे। विकास तथा सेवा सुविधा दिनु त परको कुरा, यस्ता सामान्य बिषयमा नी चर्चा आयो । त्यहि सामान्य बिषयको पाटो हो ‘ताकुकोट स्वासथ्य चौकी’ । करिब ३० हजार जनसंख्या भएको गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु त परेको कुरा सामान्य विरामी समेत पैदल जान समस्या भयो ।
बर्षायामकाे समय भएकाले नी पहिराे गएपछि स्वास्थ्य चाैकी जाने बाटाेहुदैँ आवत-जावत गर्न समस्या भयाे । यहि समस्या समाधानका लागी स्थानीयले गाउँपालिका हुदैं वडा न ६ का वडाअध्यक्ष बाबुलाल गुरूङसम्मलाई मर्मत गर्न आग्रह गरे । स्थानीय प्रशासन कानमा तेल हालेर बस्याे । त्यहि फाेटाेका कारण अहिले गाउँपालिका चर्चामा रह्याे ।
त्यहि समस्या ढिलो नै भएपनि समाधान भएको छ ।
गाउँपालिका माताहात सडक मर्मत गर्ने भनेर राखेका उपकरणहरू हुदाँ हुदैपनि निर्माण गर्नुन सक्नु दुखद हो । काेराेना माहामारीकाे समयमा स्वास्थ्य संस्था जाने सडकको नाजुक अबस्थाबारे आजसम्म आफूलाई औपचारीक जानकारी नभएको भन्दै सांसद दवाडीले उक्त सडकलाई स्वास्थ्य चौकीसम्म अत्यावश्यक एम्वुलेन्स लगायतका यातायात पुग्न सक्ने गरि मर्मत गरेको बताए ।
सांसद दवाडी सम्भव त निर्वाचन क्षेत्रका स्थानीय तहमा सबैभन्दा बढि बारपाक सुलिकोट गाउँपालिकामा नै पुगेका छन् । आफ्नाे निर्वाचन क्षेत्रमध्ये उनी प्राय हरेक महिना पुग्छन् । अनि, हरेक महिना गाउँपालिका पुग्ने सांसदज्यूलाई याे सडककाे बारेमा थाहा थिएन् भन्नु दुखद हाेइन् र ?