काठमाडाैं- विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । कोरोना भाइरसको महामारी रोक्नका लागि विश्व स्वास्थ्य संगठन तथा अन्य संघसंस्थाहरूले विभिन्न सावधानी अपनाउन आह्वान गर्दै आएका छन् ।
कोरोनाबाट बच्नका लागि हातको सरसफाइमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । यसबाहेक मानिसले आँखा, नाक र मुखमा लगातार छुने बानीले पनि संक्रमणको लागि सहयोग हुने गर्दछ । त्यस्तो बानी भएमा तत्कालै हटाउन विज्ञहरूले सुझाव दिएका छन् ।
आँखा तथा मुखको माध्यमबाट भाइरसहरू सहजै शरीरभित्र प्रवेश गर्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । एक अध्ययनका अनुसार मानिसले एक घन्टामा करिब १६ पटकभन्दा बढी आफ्नो अनुहारमा छुन्छ । कसैको त बानी नै हुन्छ कि पटक पटक नाक, आँखा तथा मुख छुने ।
यस्तै लगातार मुख धुने बानीले पनि ‘इन्फेक्सन’को शिकार भइन्छ ।
सन् २००८ मा भएको एक अध्ययनका अनुसार १० जना मानिसलाई ३ घन्टाको लागि अफिसको माहोलबाट एक्लै राखिएको थियो । अनुसन्धानले ती मानिसहरूले एक घन्टामा १६ पटक आफ्नो अनुहारमा हात पुर्याएको अर्थात छोएको पाइयो ।