काठमाडौं- गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका १६ र नवलपरासी (सुस्तापूर्व) का ४ गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमा लमजुङको बेशीसहरमा कार्यरत १२ जना नेपाल प्रहरी र १ जना थुनुवा रहेका छन्।
त्यस्तै त्यस्तै एक महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल, बेसीसहरमा कार्यरत रहेको र नवलपुर देवचुली–१ संक्रमित महिला पनि स्वास्थ्यकर्मी रहेको निर्देशक शर्माले जानकारी दिए। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको छ।