रखा- शुक्रबार विहान गोरखा नगरपालिकामा ब्याडमिन्टन खेल चलिहेको भन्दै गाेरखा नगरपालिकाका वातावरण अधिकृत धुर्बप्रसाद घिमिरेले आफ्नो सामाजिक सञ्जाल मार्फत केहि तस्बिर सार्वजनिक गरे ।
प्राय नगरपालिकाका मेयर राजनराज पन्त जता जान्छन्, संगै साथमा हिड्ने घिमिरेले हरेक कार्यक्रमको तस्बिर यसरी नै सार्वजनिक गर्ने गर्छन् । शुक्रबारपनि नगरपालिकामा कार्यरत घिमिरेले मेयर पन्तका साथमा अन्य केहि स्थानीय ब्याडमिन्टन खेलिरहेको भन्दै टिमसहितको तस्बिर शेयर गरे ।
त्यहि तस्बिर ‘भाइरल सचिव’ भनेर चिनिएका नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले सामाजिक सञ्जाल मार्फत मेयरले निषेधाज्ञाको समयमा मेयरपसहितका टिमले ब्यााडमिन्टन खेल्नु गलत भएको भन्दै सार्वजनिक गरे । त्यसको केहि समयमा घिमिरेले उक्त तस्बिर हटाए ।
गोरखा नगरपालिका कुन जिल्लामा पर्छ मेयर सा’प ?
गोरखाका ११ वटा स्थानीय तहमा अहिलेपनि दोस्रो चरणको निषेधाज्ञा जारी छ । भाद्र १ गतेबाट जारी निषेधाज्ञा भाद्र १४ गतेसम्म जारी रहने जिल्ला प्रशसान कार्यालय गाेरखाले जनाएको छ । तर, यहि समयमा गोरखा नगरपालिका भित्रका लक्ष्मिबजार, छेबेटार, गोरखाबजार आसपास लगायतका स्थानका व्यबसायीमा कोरोनाको संक्रमण भयो ।
अहिले केहि त निको भए तर, केहि भने सक्रिय संक्रमित छन् । यस्तो समयमा नगरपालिकाको एक क्षेत्रबाट आर्को क्षेत्रमा तथा सकेसम्म घरबाहिर ननिस्किनु भन्दै मेयर पन्तले निषेधाज्ञा कार्यान्वयनको लागि गोरखा नगरपालिकाको आग्रह भन्दै नगरपालिकाको सामाजिक सञ्जालबाट आग्रह गरे ।
उनले भिडियोमा भनेका छन् ‘कोरोनाको एउटा चरण पार गरेर आर्को चरणमा पार गरेको छ । समुदाय स्तरमा कोराना संक्रमण फैलिन्छ कि भन्ने आंशका गर्दा खेरी हामी अहिले याे परिस्थितिमा सबैपक्ष मिलेर रोक्नुपर्छ । कडाँइ गर्नुपर्छ भनेर अघि बढिरहेका छौं । अहिले नगरपालिका २ क्षेत्रमा कोरोना फैलिएको छ। अहिले चार्डपर्व आइरहेको छ । सकेसम्म आफ्नो क्षेत्रमा नै बसेर मनाइदिनुहुन आग्रह गर्दछु । सबैलाइ धैयतापूवक आफ्नो अनुसाशनमा बसेर स्वास्थ्यका जुन मापडन्ड छन् । त्यो पालना गरिदिनुहुन अनुरोध गर्दछु ।’
उनले भनेका छन ‘काम भएमका मात्र घरबाहिर निस्कौ, नभए घरमा नै बसौं । सुरक्षित रहौं । सुरक्षाका सम्पूर्ण उपाएहरू अपनाउँ। अरूलाई सुरक्षाको उपाय अपनाउने वाताबरणको अवस्था सिजना गरौं ।’
विश्वभर काेराेनाकाे माहामारी चलिरहेकाे समयमा सिङ्गाे देश नै थिलाेथिलाे भएकाे समयमा गाेरखापनि अछुताे रहेन् । मेयर सा’पलाई प्रश्न ‘गाेरखा नगरपालिकाका कुन जिल्लामा पर्छ, मेयर सा’प ? किनकि गाेरखा त भाद्र १ गतेबाट निषेधाज्ञा जारी छ । कि मेयरसा’पलाई निषेधाज्ञाकाे समयमा पनि ब्याडमिन्टन खेल्न स्थानीय प्रसाशनले छुट दिएकाे छ ।
विभिन्न अनियमतामा मुछिदैं आएका मेयर पन्तलाई हाम्रो पश्न ‘नगरबासीलाई स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्ने तपाइचाँहि सुरक्षा अपनाउनु पर्दनैन् ? कि मेयरलाई कोरोना लाग्दैनन् ? कि मेयरभएपछि सामाजिक दुरी कायम गर्नुपर्दैन् ? कि ठूलाबडाले जे गरेपनि हुन्छ ? कि गाेरखामा जारी निषेधाज्ञा अरू स्थानीय तहमा मात्र लागुहुन्छ ? जनताको मनमा यहि प्रश्न बारम्बार दोहोरिएको छ ।