काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरेर थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
आज संक्रमित हुनेमा ३२० महिला र ८०० जना पुरुष रहेका छन्। प्रवक्ता गौतमका अनुसार नेपालमा आज संक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमित निको भइका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ।
काठमाडौँका ३५० सहित उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुगिट भएको हो।