काठमाडौं- सरकारले आजबाट थप एक साता निषेधाज्ञा जारी गरेकै दिन काठमाडौँमा त्यसको ठाडो उलन्घन भएको छ।
कोरोना भाइरसको महामारी र निषेधाज्ञाकै विच रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले निषेधाज्ञा तोडेर तानेका हुन् ।
सयौको संख्यामा जम्मा भएका स्थानीय वासिन्दाले रथलाई पुल्चोकबाट मंगलबजारतर्फ तानेका हुन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो ।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।
मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन।