काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रिमत थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन्। हालसम्म काठमाडौंमा ५ हजार६सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।
हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।
१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन्। योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।