काठमाडौं- पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।
हाल देशभर १७ हजार ८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा गौतमले जानकारी दिए। हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ। हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना निको भएसँगै २७ हजार १२७ जना संक्रमणमुक्त भएका छन्।