काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। आज देशभरमा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ।