बडा विचित्रको जङ्गली कानुन
सूर्योदयसँगै एउटा
ज्यान पाल्न दौडन्छ
अको ज्यान बचाउन दौडन्छ !
बडा विचित्रका मानव
बिहानै एउटा
पेट पाल्न दौडन्छ
अर्को पेट फाल्न दौडन्छ ।
बडा बिचित्रको संस्कार
एउटी नारी
हवाई जहाज उडाउँछिन्
अर्की नारी छाउपडी धाउँछिन् ।
बडा विचित्रको कानुन
एउटै कसुरमा
हुने खाने ससम्मान उन्मुक्ति पाउँछ
हुँदा खाने जन्म कैद भोग्दछ !
बडा विचित्रको धर्म
एउटा मानव मन्दिरभित्र
लम्पसार पर्दछ
अर्को मानव ढोकासम्म छुन पाउँदैन ।
बडा विचित्रको राजनीति
आफ्ना मान्छे
खोजी खोजी पद भिडाइन्छ
सक्षम पाखा लगाइन्छ ।
अब बाच्नका लागि …
पार्टीको छाप लगाउनु पर्छ
भ्रष्टहरुको नाता पर्नुपर्छ
कालाबजारी मित हुनुपर्छ
पुलिस प्रशासन् दाहिना हुनु पर्छ
अड्डा अदालत मुठीमा हुनुपर्छ ।
खै केके हुनु पर्छ केके ?
कविता : विचित्रको कानुन
कविता : विचित्रको कानुन

प्रतिक्रिया


ताजा अपडेट

झापा- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरेका छन्...

काठमाडौं- सरोकारवालाहरूले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको...