काठमाडौं- पछिल्लो २४ घण्टायता थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्।
पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको परीक्षण भएको छ। योसहित हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।