काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।