खरिबोट (गोरखा)– नम्कि-भिरकुना-खरिबोट वडा कार्यालय सडक खण्डको भञ्ज्याङ्-खरिबोट सडक खण्ड अलपत्र परेको छ ।
अजिरकोट गाउँपालिका वडा न २ को खरिबोट (साबिक खरिबोट गाविसको वडा न ८ र १ मा पर्ने) सडक खण्ड ट्याक खोलेर बजेट नआएपछि अलपत्र परेको हो ।
आर्थिक वर्ष २०७६ र ७७ मा ४ लाख बजेट परेको सडक खण्ड ट्याक खोलेपछि गाउँपालिका र वडा कार्यालयको कारण अलपत्र परेको हो।
‘गत ज्येष्ठमा ट्याक खोलिएको थियो। ४ लाख बजेट आउँछ भनेका थिए’ उपभोक्ता समितिका सदस्य टेकबहादुर धितालले भने ‘ट्याक खोलेपछि बजेट कम आयो । बजेट किन कम आयो भनेर स्थानीय सरकारलाई प्रश्न गरेपछि बजेट सकियो भने । पहिला चाहिँ बजेट आउँछ भनेर ट्याक खोलियो ।अहिले बजेट आएन ‘
ऋण खोजेर खोलिएको ट्याकको अनुगमन टोलीले २ लाख १७ हजारको योजना भनेर फाइल बनाएपछि अब २ लाख काँहाबाट ल्याउने भन्दै स्थानीय सरकारलाई प्रश्न गरिरहेका छन् ? अजिरकाेटकाे स्थानीय सरकार अहिले आफै मस्त सुतिरहेको छ ।
अनुगमनका गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङसहितको टोली गएको तियो । त्यो टोलीले २ लाख भन्दा बढी बजेट दिन नसक्ने भन्दै पन्छिएपछि ट्याक खोल्दा खोजेको ऋण कसरी तिर्ने भन्दा उपभोक्ता समिति छटटपट्टि रहेको छ ।
खरिबोटका स्थानीय सरकारसँग यही गुनासो छ । किन बजेट आएन ? के कारणले बजेट दिइएन ? स्थानीयको सक्रियतामा निर्माण भएको सडक खण्ड आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारको बजेट भाषणमा समपूरक आयोजना मार्फत निर्माण हुने भएको छ ।
स्थानीय सरकारको लापरबाहीले बजेट आएन
संघिय सरकारले कम्तीमा पनि गाउँपालिकाको प्रशासकीय भवनबाट हरेक वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने योजना ल्याएको तियो । तर, यो योजना अजिरकाेटकाे हकमा कागजमा मात्र सीमित भएको छ ।
वडा कार्यालयसम्मको सडक निर्माण गर्ने नीति भए पनि स्थानीय सरकारको बदमासीका कारण अलपत्र छ । संघिय सरकारले सडक निर्माणका लागी बजेट उपलब्ध गराएको भए पनि खरिबाेटका स्थानीय स्थानीय सरकारले बजेट नदिएको भन्दै गुनासो गरेका छन्।
स्थानीयले सडकको नयाँ ट्याक खोल्नका लागि उपभोक्तासङ पैसा सङ्कलन गरे। स्थानीयले सङ्कलन गरेको पैसाले ट्याक त खोलियो तर बजेट आएन । तर, स्थानीय सरकारले पूरा बजेट दिएनन् । बजेट नदिएपछि अहिले उनीहरू स्थानीयसँग सङ्कलन गरेको बजेट कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
पिच हुँदै सडक खण्ड
नम्कि-भिरकुना-खरिबोट वडा कार्यालय सडक खण्ड पिच हुने भएको छ । संघिय सरकार र स्थानीय सरकारको समपूरक आयोजना अन्तर्गत यो सडक खण्ड पिच हुने भएको हो ।
अजिरकोट गाउँपालिकाका प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीका अनुसार संघिय सरकार र स्थानीय सरकारको समपूरक आयोजनामा सो सडक खण्ड पिच हुने भएको हो ।
‘संघिय सरकारले १० करोडभन्दा मुनिको आयोजना पठाउनु भनेको थियो’ उनले भने ‘हामीले अजिर कोटका करिब १२ वटा सडक खण्डका आयोजना संघिय सरकालाई पठाएका थियौँ । यही सडकमा मात्र बजेट आएछ ।’
करिब ७ किमी लामो सडक खण्डको डिपिआर १० करोड ६५ लाखको थियो । उनका अनुसार यो सडक खण्डको टेन्डर प्रक्रिया केही समयमा सुरु हुने छ ।
भच्चेक-हंसपुर-लप्सिबाेट सडक खण्ड अलपत्र
२०६५ सालमा ट्याक खोलिएको सडक खण्ड मध्येको एक सडक खण्ड हो भच्चेक-हंसपुर-लप्सिबाेट-खरिबाेट’ । यो खरिबाेटसम्म ९ किलोमिटर छ भने वडा कार्यालयसम्म १० किलोमिटर छ । यो खण्ड उत्तरी लमजुङ्गकाे दुधपाेखरी गाउँपालिकामा समेत ट्याक खोलिएको छ ।
यो सडकखण्डकाे डिपिआर समेत भइसकेकाले छ । यो सडक खण्ड पिच गर्न करिब ४५ करोड लागत लाग्ने अनुमान छ । नम्कि-भिरकुना-खरिबोट वडा कार्यालय सडक खण्ड पिच हुने भएपछि यो सडक खण्डका स्थानीयले विरोध गरेका छन् । बर्षायाममा प्राय ट्याक्टर मात्र गुड्न मिल्ने सडक विभिन्न समयमा गाउँपालिकाले मर्मत गर्दै आएको छ।