गाेरखा- पालुङटार नगरपालिकामा मल काराेवारमा कालाेबजारी भएकाे पाइएकाे छ । उज्वल कृषि सहकारी संस्थाले कृषि मलमा कालो बजारी गरेको पाइएको हाे ।
साल्ट ट्रेडिङ कर्परेसन लिमिटेड नारायणघाटबाट नगरपालिकाले ढुवानी गरेर ल्याइदिएको मल प्रतिबोरा ७ सय ६५ रुपैयामा मल समेत किसानहरुलाई भने प्रतिबोरा ११ सय रुपैया बिक्रि गरेको हो ।
सहकारीबाट सोही वडाका वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ आफै ठगिएका छन् । उनले समेत उत्त सहकारीबाट मल खरिद गर्दा १ बोरा युरिया मलको ११ सय रुपैया भुक्तानी गरेका छन् । स्थानीय तहले निर्धारण गरेको मूल्यमा सहकारीले मल बिक्रि गर्नुपर्ने भएपनि उक्त सहकारीले आफु खुशी निर्णय गरि किसानलाई मल बिक्रि गरेको सहकारीका कोषाध्यक्ष रमेशप्रसाद अधिकारीले बताए ।
‘हामीले ११ सय रुपैया प्रति बोराका दरले बिक्रि गरेको हो, उनले भने, सवै खर्च कटाएर बिक्रि गर्दा उत्त मूल्य उपयुक्त हुने भएकाले समितिले निर्णय गरेर बिक्रि गरेका हौ ।’ तर गोरखा जिल्लामा रासायिक मलको मूल्य निर्धारण गर्ने काम स्थानीय तहलाई दिइएको छ । सहकारीले महंगो बिक्रि गरेको मलको विल पालुङटार नगरपालिकाले मलको मूल्य निर्धारण गरेको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको उनले बताए ।
उक्त सरकारीमा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल समेत शेयर लगानी रहेको पाइएको छ । आफै संलग्न सहकारीलाई नगरपालिकाले ढुवानी अनुदान दिएको र सोही सहकारीले किसानलाई चर्को मूल्यमा मल बिक्रि गर्दा समेत नगरपालिकाले सुने नसुने जस्तो जस्तो गरेको किसानहरुले गनुासो गरेका छन् ।
जिल्लाकी साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले सहकारीले किसानलाई मल बिक्रिमा कालो बजारी गरेको पाइए कानुन बमोजिम कारवाही गरिने बताइन । ‘कसैलाई पनि कालोबजारी गर्न छुट हुदैन मल खरिद र बिक्रिको बास्तबिक अबस्था के हो, छानविन गरि दोसी पाइए कारवाही गछौ ।’ उनले भनिन।