काठमाडौं- सनराइज बैंकले डिजिटल टेल बैंकिङ सेवा सुरु गरेको छ।
बिहीबार बैंकले एक विज्ञप्ति जारी गर्दै बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरिएको जानकारी दिएको हो।
योसँगै अब चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी गरिएको बताइएको छ।
बैंकमा खाता हुने ग्राहक आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।
यो सेवा प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्ने बैंकले जनाएको छ।
पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ।