गाेरखा- गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद मुख्य मन्त्रिको कार्यालय पुगेको छ । नेकपा गण्डकी गाउँपालिकाको टाेली गाउँपालिका अध्यक्षले गरेका पछिल्ला क्रियाकलापहरु र जनताको मागका विषय लिएर मुख्यमन्त्रीको कार्यालय गएकाे हुन् ।
गाउँपालिकाको केन्द्र राख्ने भन्दै ओखलडाँडा भन्ने स्थानमा गाउँपालिकाले स्थानीय गाउँलेहरुकाे जग्गा प्लटिङ गरेको थियो । पालिकाको नाममा नआएको जग्गामा किन गाउँपालिकाले खर्च गरेर डेजर लगायाे भन्ने विषयमा अझै अन्याैल रहेको छ ।
गाउँपालिकाकाे केन्द्र लाकुरीस्वाँरा, दल भन्ज्याङ, बनटार, आइडाँडा राख्नुपर्ने उनीहरूकाे माग छ ।
पालिका अध्यक्ष छलफलबाट टाढा गएकाे र जनतालाइ अपायक पर्ने गरी केन्द्र निर्धारण जनमतकाे अपमान गरी गर्न लागेकाे भन्दै नेकपा गण्डकी गाउँपालिका भित्रका नेताहरु मुख्यमन्त्रीकाे कार्यालय पुगेका छन् ।
मुख्य मन्त्री कार्यालयका अनुसार पालिकाकाे केन्द्र राख्नका लागि दुइ तिहाइ मतकाे आवश्यकता अनिवार्य रहेकाे छ । गाउँसभा जति पटक स्थगित भएपनि केन्द्र निर्धारणका लागि दुइ तिहाइ चाहिने छ ।