गोरखा– कोभिड–१९ सम्वन्धी सचेतना मुलक सन्देशको स्टिकर टाँस गरिएको छ । गाेरखामा सञ्चालनमा रहेका सवारी साधानमा यस्ताे स्टिकर टाँस गरिएको हाे ।
विश्वभरी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस जोखिम बढी रहेको भन्दै लायन्स क्लब अफ गोरखा सिटिले जिल्ला भित्र चल्ने सवारी साधानहरुमा स्टिकर टाँस गरेको क्लबका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
कार्यक्रममा गोरखा बसपार्क, घ्याम्पेशाल बस पार्क, माइक्रो काउन्टर र अन्य स्थानमा गरी करिब २ सय सवारी साधानमा टाँस गरिएको क्वबका प्रर्थम उपाध्यक्ष ईमान जंग बानियाँले जानकारी दिए ।
कार्यक्रममा सांग्रिला बिकाश बैंकका क्लष्टर चिफ महेन्द्र अधिकारी, जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकालसहित अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो। बैंकले प्रायोजनमा स्टिकर टाँस गरिएकाे क्लवले जनाएकाे छ । क्लवले विभिन्न समाजिक काम गर्दै आएकाे छ ।