काठमाडाैं- सरकारले कोरोना भाइरस परीक्षणका लागि टेक अस्पतालमा लाइन नबस्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरस सम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा पीसीआर परीक्षण हुने जानकारी दिँदै टेकु अस्पतालमा लाइन नबस्न आग्रह गरेका हुन् ।
‘कोभिड- १९ को परीक्षण काठमाडौंका सबै सरकारी अस्पतालमा हुन्छ टेकुमै गएर लाइन बस्नु पर्दैन,’ उनले भने ।
उनले पीसीआर परीक्षण गराउनका लागि लाइनमा बस्दा त्यहाँबाट कोरोना संक्रमण सर्न सक्ने भन्दै सचेत गराए ।
उनले भने, ‘जान त टेस्ट गर्न जानु भएको हुन्छ तर तपाईंले संक्रमण लिएर घर फर्किन सक्नुहुन्छ त्यसो भएकाले भीडभाड नगरिदिनु हुन र अरू अस्पतालमा पनि गएर स्याम्पल दिन अनुरोध गर्दछु ।’
उनले कोरोना संक्रमणबाट बस्च आफूबाहेक अरू सबै संक्रमित हुन भन्ने सोचेर सतर्क हुन आग्रह गरे ।