काठमाडाैं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको अनशनलाई सरकारले समय सुहाउँदो नभएको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रवक्ता शर्माले बिहीबार ट्विट गर्दै डा. केसीको अनसन समय सुहाउँदो नभए भ्रष्टाचारचैँ समय सुहाउँदो हो त ? भन्दै प्रश्न गरेका छन् ।
ट्विटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले भनेका छन्– डा. केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने ? समय सुहाउँदोचैँ भ्रष्टाचार ? ढिलासुस्ती ? बेथिति ? अव्यवस्था ?
सरकारको कुनै लोकतान्त्रिक संस्कार नभएको आरोप लगाउँदै शर्माले डा. केसीको माग पूरा गर्न आग्रह गरेका छन् ।
डा केसिको अनशन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने ? समय सुहाउँदो चैं भ्रष्टाचार ? ढिलासुस्ती ? बेथिति ? अब्यवस्था ?@PM_Nepal डा केसिलाई शब्द प्रहार होइन संवादबाट माग पूरा गर्ने लोकतान्त्रिक संस्कार देशले पर्खिरहेको छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 1, 2020