गोरखा- करिब तीन महिनाको प्रयासपछि गण्डकी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ को लागि बजेटछ ल्याएकाे छ ।
स्थानीय तह एनेअनुसार हरेक आर्थिक बर्षकाे असार १० भित्रमा बजेट ल्याउनुपर्नेमा गाउँपालिकाकाे केन्द्र विवादका कारण करिब ३ महिना ढिलाे गरी आएकाे हाे ।
बुधबार बसेको छैटौं गाउँसभाले चालु आर्थिक बर्षको बजेट ५७ करोड ४२ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बजेट विनियोजन गरेको छ ।गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले प्रस्तुत गरेकाे बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको हो ।
संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आयलाई समेटेर ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएकाे छ ।
जसअन्तरगत चालु तर्फ ३२ करोड ३२ लाख ४३ हजार रुपैयाँ र पुजिगततर्फ २५ करोड १० लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा विपद् ब्यबस्थापन कार्यका लागि एक करोड रुपैयाँ छुट्टाइएको छ । बेरोजगालाई रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलाई बजेटमा प्राथमिकता दिइएको छ । पालिकाले कृषि तथा पशु जन्य उत्पादनमा आत्मनिर्भर बन्ने नीति लिएको छ ।