काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।